विद्युत् प्राधिकरण ६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै, कति कित्तासम्म भर्न पाईन्छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष २८, शनिबार (१ साल अघि)
  • २५ पटक पढिएको
विद्युत् प्राधिकरण ६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै, कति कित्तासम्म भर्न पाईन्छ ?

पौष २८, काठमाडौँ । सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर आइपीओ बिक्री गर्ने भएको छ ।

प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो । शेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ । अर्थको सहमतिपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको गत मंसिर २५ गते बसेको बैठकले आवश्यक निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस