माघका लागि नयाँ ब्याजदर सार्वजनिक, ब्याजदरमा व्यापक कटौति गर्नै बैँकहरु कुन-कुन छन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष २९, आईतबार (१ साल अघि)
  • २३ पटक पढिएको
माघका लागि नयाँ ब्याजदर सार्वजनिक, ब्याजदरमा व्यापक कटौति गर्नै बैँकहरु कुन-कुन छन् ?

पौष २९, काठमाण्डौँ । बीस वाणिज्य बैंकमध्ये १७ वटाले माघका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश वाणिज्य बैंकले ब्याजदरमा भारी कटौति गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

माघ १ गतेदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदरअनुसार पुसको तुलनामा एनएमबी र एभरेष्ट बैंकले ब्याजदर घटाएका छैनन् भने बाँकी सबैले घटाएर प्रकाशित गरेका छन् ।

मुद्दति निक्षेपको ब्याजदर पुसको तुलनामा धेरै घटाउने बैंकहरुमा प्राइम कमर्सियल, माछापुच्छ्रे, नेपाल एसबीआई, कृषि विकास, कुमारी, प्रभू, सानिमा, लक्ष्मी सनराइज बैंक रहेका छन् ।

पुसको तुलनामा प्राइम बैंकले व्यक्तिगत मुद्दतितर्फ १९ प्रतिशत र संस्थागतर्फ २३.७५ प्रतिशत ब्याजदर घटाएको छ । यस्तै, माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १६.६६६६ प्रतिशतले घटाएको छ भने संस्थागतर्फ २१.०५२६ प्रतिशतले कटौति गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस