रिलायन्स स्पिनिङ्ग मिल्सले माघ १० गतेदेखि बुक बिल्डिङ्ग प्रक्रियामार्फत सेयर निष्काशन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ २, मंगलबार (१ साल अघि)
  • २९ पटक पढिएको
रिलायन्स स्पिनिङ्ग मिल्सले माघ १० गतेदेखि बुक बिल्डिङ्ग प्रक्रियामार्फत सेयर निष्काशन गर्ने

माघ २, काठमाण्डौँ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक बिल्डिङ्ग प्रक्रिया मार्फत सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले माघ १० गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि बोलकबोल मार्फत सेयर बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो । कम्पनीले अनुमति पाएको कुल सेयरमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताहरुका लागि बोलकबोल मार्फत सेयर बिक्री खुला गर्न लागेको हो । सेयरको बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको छ।

योग्य संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस