सुनचाँदीको भाउमा सामान्य गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ २, मंगलबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ २, काठमाण्डौँ । सुनचाँदीको भाउमा सामान्य गिरावट भएको छ । आज सुन प्रति तोला एक सय रुपैयाँले घट्दा चाँदीको भाउ पनि ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १८ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले केही समय अघि प्रति तोला एक लाख २२ हजार रुपैयाँ पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस