आज सुनचाँदीको मूल्य कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ ८, सोमबार (१ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

माघ ८,काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघका अनुसार हिजो आइतबारकै मूल्यमा आज सुन र चाँदीको कारोबार सुरु भएको हो ।

महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम भएर कारोबारमा आएको छ । महासंघका अनुसार आज सोमबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस