विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ ९, मंगलबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाडौँ । आज २०८० साल माघ ९ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा र बिक्री दर १६९ रुपैयाँ २७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस