आज पनि सुनको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ ९, मंगलबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिनदेखि स्थिर रहेको छ । महासंघले आजको मूल्यसूची तय गर्दै लगातार तेस्रो दिनदेखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

महासंघका अनुसार छापावाला सुनको मूल्य १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । गत आइतबारदेखि सोही मूल्य कायम भई कारोबार भएको छ । यस्तै, तेजावी सुनको भाउ पनि १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ । सोमबार भने चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस