रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ आजदेखि निष्कासन,तपाईले भर्न पाउनुहुन्छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ १०, बुधबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

माघ १०, काठमाण्डौँ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक विल्डिङ प्रक्रिया मार्फत आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले आजदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि बोलकबोल मार्फत सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक विल्डिङ प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो ।

कम्पनीले अनुमति पाएको कुल सेयरमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताहरुका लागि बोलकबोल मार्फत सेयर बिक्री खुला गर्न लागेको हो । सेयरको बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको छ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरु सहभागि बोलकबोल प्रणालीमार्फत सेयर बिक्री गर्न लागेको हो । योग्य संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस