आजको शेयर बजार १० अङ्कले बढ्यो, ३ अर्ब ८३ करोड रुपैयाँको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ १४, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १४,काठमाण्डौँ । हप्ताको पहिलो दिन शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परसूचक नेप्से आज १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, होटल, उत्पादन र म्युचल फन्ड समूहको बाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । आज मध्य सोलु, माथिल्लो मैलुङखोला जलविद्युत् र साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्सको शेयर झन्डै नौ प्रतिशते घटेको छ ।

आज एक करोड ७ लाख कित्ता शेयर तीन अर्ब ८३ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्सको ३३ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस