नाडा र एशियाली विकास बैंकका पदाधिकारीविच छलफल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ १५, सोमबार (१ साल अघि)
  • २९ पटक पढिएको
नाडा र एशियाली विकास बैंकका पदाधिकारीविच छलफल

माघ १५,काठमाडौँ । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडां) र एशियाली विकास बैंकका पदाधिकारीहरु विच विभिन्न विषयहरुमा विस्तृत छलफल भएको छ । उक्त छलफल नाडाको सचिवाल टेकुमा आज सम्पन्न भएको हो ।

नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा बसेको सो छलफलमा विशेषगरी नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतिय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडी बढने भन्ने विषयमा छलफल भएको थियो ।

यस्तै यसक्रममा अर्को पटक समेत छलफल गर्ने तय गरिएको नाडाले जनाएको छ । उक्त बैठकमा सो प्रोजेक्टका तर्फबाट डा।सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो ।

त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस