आज सुनको भाउ कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ १७, बुधबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ १७,काठमाडौँ । आज बुधबार सुनको भाउ बढेको छ भने चाँदीको स्थिर रहेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन १ लाख १८ हजार ७ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज स्थिर रहेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ७६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार २९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय १७ रुपैयाँ ५० पैसा तोकेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस