माघ ३,काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले सरस्वती बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । संगठनले शैक्षिक संस्था सुधारका लागि तालाबन्दी गरेको बताएको छ । आज यूनियनका अध्यक्ष राम बहादुर मल्लद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जनाइएको छ । संगठनले ७ बुँदे मागसहित आन्दोलन सुरु गरेको बताएको छ ।
तालाबन्दी गरिएको बारे
हाम्रो महान तथा गौरवशाली संगठन अनेरास्ववियू आफ्नो स्थापना कालदेखि नै राष्ट्रियताको आन्दोलन, सामाजिक रूपान्तरणको आन्दोलन, शैक्षिक आन्दोलन लगायतका महत्वपूर्ण आन्दोलनमा अग्रणी भूमिका खेल्दै आइरहेको विषय सर्वविदितै छ । हरेक प्रकारका हत्या, हिंसा, अन्याय, अत्याचार, विकृति, विसंगति र कुरितिको विरूद्धमा आवाज बुलन्द गरिरहेको छ । शैक्षिक संस्था सुधारका लागि आन्दोलित छ । आम विद्यार्थीका मुद्धाहरूलाई केन्द्रविन्दुमा राखेर सांगठनिक गतिविधिहरू अगाडि बढाइ रहेको छ ।
यसै सन्दर्भमा सरस्वती बहुमुखी क्याम्पसमा अराजक गतिविधिहरू बढ्दै गैरहेको, संस्थागत परिपाटीको थालनी र विकास नभएको, पारदर्शिता नभएको लगायतका विविध विषयमा हाम्रो संगठन अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयलाई मध्येनजर गर्दै हामीले निम्न विषयवस्तुहरू उठान गरेका छौंः
१) आय–व्ययको विवरण सार्वजनिक गर्नुपर्ने र सोको पारदर्शिता कायम गर्नुपर्ने,
२) प्रशासनिक काम–कारबाही छिटो छरितो गर्नुपर्ने र सबै कामहरू इलष्लिभ प्राणालीमार्फत गर्ने व्यवस्था मिलाउने,
३) विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूलाई पुस्तकालयबाट सहज रूपमा किताबहरू उपलब्ध गराउने,
४) क्याम्पसमा बैंकको भहतभलतष्यलकाउन्टर यथाशिघ सञ्चालन गर्ने,
५) विद्यार्थीहरूको सहजीकरणको लागि च्भअभउतष्यलकक्षको स्थापना गर्ने,
६) पठन–पाठनको लागि कक्षाकोठाहरूको अभाव भएका कारण भौतिक संरचना निर्माण तथा व्यवस्थापन गर्नुपर्ने,
७) स्वतन्त्र विद्यार्थी युनियनको खाता यथाशिघ्र सञ्चालन गर्ने ।
हाम्रो सांगठनिक शक्तिको आँकलन गरी माथि उल्लेखित विषयवस्तुहरू व्यवहारमा कार्यान्वयन नगरेसम्म क्याम्पस प्रमुखको कार्यकक्ष र लेखा शाखामा अनिश्चितकाल सम्मको लागि तालाबन्दी लगाईएको जानकारी गराउदछौं ।