एमालेका प्रदेश सांसद ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ २७, मंगलबार (१ दिन अघि)
  • ८३ पटक पढिएको
एमालेका प्रदेश सांसद ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २७, काठमाडौँ । नेकपा (एमाले)का मधेश प्रदेशका सांसद दिपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अस्पताल निर्माणमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १७ जनाविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।

धनुषाको औरही नगरपालिकामा १५ शैयाको अस्पताल निर्माणका क्रममा अनियमितता गरेको अभियोग उनीमाथि छ । अख्तियारले उनीहरू सबैमाथि ६ करोड ७९ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

ठाकुर धनुषाको क्षेत्र नम्बर ३(ख)बाट निर्वाचित सांसद हुन् । मुद्दा दायर भएसँगै उनको सांसद पद स्वत निलम्बनमा परेको छ । उनी एमालेको मधेस प्रदेशका संसदीय दलका उपनेता समेत हुन् ।

अख्तियारले औरही गाँउपालिकाका तत्कालीन अध्यक्ष ब्रम्हदेव यादव, उपाध्यक्ष मीरादेवी सहनी, प्रमु प्रशासकिय अधिकृत सुवोधकुमार ठाकुर, वडाध्यक्षहरू आशेश्वर यादव, अमित कुमार यादव, गंगा प्रसाद यादव, शिवनाथ साह, प्रमेश्वर मण्डल, दिलिप कुमार साहविरुद्ध मुद्दा चलाएको हो ।

अख्तियारले त्यही गाँउपालिकाका इञ्जिनियरहरू सोनु साह, सन्तोष कुमार मण्डल, बिनित कुमार साह, खरिदारहरु मोहन कुमार मण्डल, मनोज कुमार यादवमाथि मुद्दा चलाएको हो । साथै लुम्बिनी विल्डर्सका तत्कालिन प्रबन्ध निर्देशक विष्णु प्रसाद शर्मालाई पनि प्रनिवादी बनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस