फाल्गुण ४, काठमाण्डौ । बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बहस सकिए पनि फैसला भने भोलि (सोमबार) लाई सारिएको छ ।
जिल्ला अदालत काठमाडौंमा आइतबार महराविरुद्धको मुद्दाको बहस सकिए पनि फैसला भने सोमबार मात्र हुने भएको हो ।
अदालत स्रोतका अनुसार अध्ययन गर्न समय अभाव भएकाले फैसाला सोमबारलाई सारिएको हो ।
असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका महरा असोज १९ गते पक्राउ परेका थिए ।
जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजालसले सोमबार फैसला गर्नेछ । यदि उनी दोषी ठहरिए एक महिनापछि अर्को इजलासले एक महिनाभित्र सजाय तोक्नेछ ।