फालगुण ५, काठमाण्डौ । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले सिंहदरबारस्थित कार्यालयमा पदभार सम्हालेकी छन् । तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएपछि काम सुरु गरेकी हुन् ।
हालै मात्र उनले उपसभामुखबाट राजीनामा दिएकी थिइन् । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि रिक्त उक्त मन्त्रालय तुम्बाहाङ्फेलाई दिइएको थियो ।