प्रधानमन्त्री ओली र प्रचण्ड सञ्चारमन्त्री बास्कोटा प्रकरण बारे छफलमा जुटे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ८, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण ८, काठमाडौं‌ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बिच सञ्चार तथा सूचनामन्त्री गोकुल बास्कोटाको बिषयमा छलफल भइरहेको छ ।

सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनीक भएसँगै नेकपाका दुई अध्यक्ष ओली र प्रचण्ड छलफलमा बसेका हुन् । बिहिबार बालुवाटारमा सुरु भएको बैठकमा दुई अध्यक्षबीच नियमित भेटघाटका साथै बास्कोटा प्रकरणमा छलफल भएको बताइएको छ ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनका लागि सेटीङ गरेको अडियो सार्वजनीक भएपछि तत्काल मन्त्री पदबाट हटाउन नेपाली कांग्रेस, राप्रपा लगायत पार्टीहरुले माग गरेका छन् । कांग्रेसले प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारीसंगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भइरहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस