सञ्चारमन्त्री बाँस्कोटा भन्छन्-खाएको बिषमात्र लाग्छ, आरोप प्रमाणित भए सजाय भोगौँला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ८, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण ८, काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले खाएको विषमात्र लाग्नेभन्दै आफूमाथि लागेको ७० करोड घुसको बार्गेनिङ आरोप सत्य नभएको जिकिर गरेका छन् । आजै बिहीबार कन्चनपुरमा आयोजित एक कार्यक्रममा बोल्दै बाँस्कोटाले भने, ‘आरोपहरु आउँछन् कहिले भ्रष्टाचारको, कहिले दुराचारको, तर ती प्रमाणित हुनुपर्छ।’ उनले यस्ता आरोप दिनदिनै लाग्नेभन्दै आफूमाथि लागेको आरोप सत्य नभएको बताए ।

‘६० कि ७० करोडको कुरा आएको छ, जतिसुकै होस् मलाई के थाहा छ भने मैले पार्टी र नेता कार्यकर्तालाई धोका दिन हुँदैन’, उनले भने, ‘प्रविधि अनेक थरिका छन्। ३० देखि ६० कति दिने कुरा हुन्छ नि। जे भएपनि अर्बबाट करोडमा आएपछि किन चिन्ता गर्नु पर्‍यो।’

आफूमाथि लागेको गम्भीर आरोपलाई हाँसोमा उडाउँदै उनले आरोप पुष्टि हुनुपर्ने दाबी गरे । ‘नेकपाको भ्रष्टाचार अस्वीकार गर्ने चरित्र छ। यसका नेता कार्यकर्ताले गर्न मिल्दैन, गरेमा पार्टीले भोग्दैन। व्यक्तिले भोग्नु पर्दछ’ उनले भने, ‘ खाएको लाग्छ, नखाएको लाग्दैन। आरोप लगाएर त हुदैन नि। त्यसमा अरु नै चिजको संयोजन होला नि ।’  उनले सत्ता सञ्चालन गर्दै सबैलाई यस्तै आरोप आउने जिकीर गरे। काम गर्दा वडाध्यक्षदेखि मेयरसम्मले भ्रष्टाचारको आरोप खेप्नु पर्ने भन्दै उनले सबै भ्रष्टाचारी हुन् भनेर कुनै निकायबाट प्रमाणित हुनुपर्ने दावी गरे।

ताजा अपडेट

खोजी गर्नुहोस