सञ्चारमन्त्रीको काण्डमा प्रचण्डको भनाई-“तत्काल राजीनामा गराउनुपर्छ”

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ८, बिहिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फाल्गुण ८, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूसका लागि डील गरेको अडियो सार्वजनिक भएपछि उनलाई तत्काल राजीनामा गराउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीवार बिहान भएको भेटमा अध्यक्ष प्रचण्डले यो प्रकरणले पार्टीलाई समेत क्षति पुर्‍याउने भन्दै बाँस्कोटालाई तत्काल राजीनामा गराउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस