फाल्गुण १५, बर्दिवास । नेकपा माले महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भिर घाईते भएका छन । गाडी वीपी राजमार्गस्थित महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा दुर्घटना भएको हो । दुर्घटनामा परी महासचिव मैनालीका छोरा, बुहारी , नाती र चालक समेत गरी पाँच जना घाईते भएका छन् ।
झापाबाट काठमाडौं तर्फ जाँदै गरेको मैनालीसहित परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप एक आपसमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा परि मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाईते भएका छन् । घाईते गम्भिर दुवैलाई हेलिकप्टर मार्फत काठमाडौं पठाउने तयारी भैरहेको नेकपाका केन्द्रिय सदस्य प्रकाश पोखरेलले जानकारी दिए । घाईतेहरुको बर्दिवास स्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भैरहेको छ । थप उपचारको लागी काठमाडौ ल्याइँदै छ ।