सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन १५, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण १५, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकाटोले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा नेपाली काँग्रेसका देवप्रसाद तिमिल्सिनाले गणपूरक सङ्ख्याका बारेमा नियमापत्ति गरेका थिए ।

नियमापत्तिपछि सभामुखले गणपूरक सङ्ख्या यकिनका लागि सङ्घीय संसद् सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए । सचिवालयले ३ मिनेट जनाउ घण्टी बजाएर सांसद सङ्ख्या यकिन गर्दा कम्तीमा एक चौथाइ अर्थात् ६९ जना हुनुपर्नेमा जम्मा ५८ सांसदको मात्र उपस्थिति रहेको पाइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस