फाल्गुण १६, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्ला घटनाहरुका कारण पार्टी विभाजित हुने र आन्दोलन नै विसर्जनमा जाने प्रश्नहरु उठेको बताएका छन् ।
नेकपा वाग्मती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी विभाजन हुने विषयमा प्रश्न उठेकाले प्रष्ट हुनुपर्ने बताए । उनले भने ‘पत्रपत्रिकामा पढेर तपाइँहरुको दिमाग खराब भएको छ ।
कतै यो पार्टी भताभुङ्ग हुने त होइन । कतै यो पार्टी विभाजित बन्ने त होइन, पार्टी मात्रै होइन यो आन्दोलन नै कतै विसर्जनको दिशामा जाने त होइन रु यस्ता प्रश्नहरु पनि नउठने गरेका होइनन् । उठ्छन र त्यसको बारेमा हामी प्रस्ट हुनु पर्दछ । उनले यो आन्दोलनलाई विसर्जनको दिशामा जान र पार्टीलाई विघटनको दिशामा जान नदिने बताए ।