फाल्गुण १८, काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालयको बैठक बोलाएको छ । आइतबार बिहान साढे एघार बजे बोलाइएको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने विषय नै मुख्य रूपमा छलफल हुने बताइएको छ ।
गत बुधबारको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय गरेको थियो । तर, पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएपछि नेकपाभित्र किचलो उत्पन्न भएको छ । आज बस्ने बैठकले पछिल्लो विवाद निरुपण गर्ने प्रयास गर्ने बताइएको छ ।