फाल्गुण १८, अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पछिल्लो समयमा विपक्षीले सरकार तथा पार्टीको विरुद्धमा गरिएका सड्यन्त्रहरु तोड्न युवाहरु सक्षम रहेको बताउँदै आगामी दिनमा उक्त सड्यन्त्रहरुलाई एक एक गरी तोड्ने स्पष्ट पारेका छन् ।
प्रेस संगठन अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद बस्नेतले मिडियाले गलत हल्ला फैल्याएको बताए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजीनामा दिनुपर्ने कुनै कारण तथा अवस्था नरहेको स्पष्ट पार्दै अनावश्यक हल्लाको पछि नलाग्न आम सुभेच्छुकलाई आग्रह गरे । पार्टी भित्र हुने आन्तरिक विवाद सामान्य घरझगडा जस्तो मात्र भएको उल्लेख गर्दै उहाँले पार्टीमा हुने कुनै पनि बहस तथा छलफल हुने र त्यसलाई छलफलको माध्यमबाट समाधान हुने स्पष्ट पारे । पार्टी भित्रको अन्तराविरोधलाई नेकपाले सहज रुपमा समाधान गर्ने क्षमता भएको उल्लेख गर्दै उनले पार्टीले गाउँ गाउँसम्म पुग्ने गरी अभियान सञ्चालन भइरहेको र आगामी दिनमा जनताको भावना अनुरुप अघि बढ्ने बताए । हरेक समस्याको समाधान लिएर आएको हुने बताउँदै उनले पार्टीको नेतृत्वले नेता तथा कार्यकताको भावना अनुसार अघि बढ्ने बताए ।
सरकारका राम्रा कामलाई विफल बनाउन अनेक प्रकारका सड्यन्त्र रच्दै गएकाले त्यसलाई जनताको माझमा गई सरकार तथा पार्टीले गरेका वास्तविकतालाई उजागर गर्नु जरुरी रहेको बताउँदै उनले भने ‘पार्टीमा आउने सामान्य जटिलता पन्छाउँदै जानुपर्छ । सड्यन्त्रलाई चिर्ने खुकुरी लाग्ने मात्र भएर हुँदैन, काट्न पनि जान्नुपर्छ । एकतामा ढिलाई भइरहेकाले नेकपाका कार्यकर्ताले विस्तारै विस्तारै हानिरहेको तर अव एकता समाप्त भएसँगै व्यापक मात्रामा अघि बढ्नेछ ।’
प्रधानमन्त्री ओली तथा पार्टी फुट्ने कुरा काल्पनीक भएको बताउँदै सस्तो लोकप्रीयता कमाउन मिडियाले अनावश्यक प्रचारवाजी गरेको बताउँदै युवाहरुले त्यसलाई चिर्ने तथा राष्ट्रिय अभियान पुरा गर्न सरकारसँग सहकार्य गरी अघि बढ्ने बताए । राज्यको बैकल्पीक शक्तिको रुपमा युवा शक्ति रहेको बताउँदै युवाहरुमा हुने सूचना प्रविधिको दुरुपयोगलाई रोक्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।