फागुन १८, काठमाडौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालनको प्रणालीलाई बुझेर जनउत्तरदायी भूमिका निर्वाह गर्न संञ्चारमाध्यमलाई आग्रह गरेका छन ।
आज नेपाली काठमाडौँमा पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोख्रेलले सत्ता परिवर्तन नभई व्यवस्था नै परिर्वतन भएकाले परिवर्तित अवस्थालाई बुझेर भूमिका निर्वाह गर्न सञ्चारमाध्यमको ध्यानाकर्षण गराएका हुन ।
मन्त्री पोख्रेलले विगतमा निरन्तरको राजनीतिक अस्थिरतामा चलखेल गर्नेहरुको विकृत मनोदशा देखिन थालेको र नेपथ्यका तीनै पात्रहरुको भूमिकाका कारण राजनीतिक तहमा बसेका मान्छेहरु पनि मनोरोगी भएर प्रकट हुने गरेको बताए ।
उक्त कार्यक्रममा १ हजार डलर राशीको इञ्जा स्रष्टा सम्मानबाट नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवा चुणामणी रेग्मी चुमरे लाई प्रदान गरिएको थियो । त्यसैगरी इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई संयुक्त रुपमा प्रदा गरिएको थियो । दुवैलाई जनही ५ सय डलर रुपैया प्रदान गरिएको छ ।
त्यस्तै उक्त कार्यक्रममा ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको उपचार सहयोगार्थ उनकी पत्नी अम्बिका पौडेललाई १४ लाख ११ हजार २ सय ४४ हजार रुपैया सहयोग हस्तान्तरण गरिएको थियो ।