फागुन १८, काठमाडौँ । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
आइतबारकै मन्त्रिपरिषद् बैठकले नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नुवाकोटका महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गर्न प्रस्ताव गरेका थिए ।
त्यसैगरी आजको मन्त्रीपरिषद बैठकद्रारा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयकी सचिव यमकुमारी खतिवडा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय सरुवा भएकी छिन् भने महिला मन्त्रालयमा कार्यरत सचिव चन्द्रकुमार घिमिरे उद्योगमा सरूवा भएका छन्।