वामदेवलाई राष्ट्रिय सभामा सिफारिश नगरी ओली अस्पताल जाँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन १९, सोमबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

फाल्गुण १९, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली मृर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने भनेर प्रतिक्षा गरिएको राजनीतिक निर्णय भएन । राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने कि अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने भन्ने विषयमा सत्तारुढ नेकपाभित्र चर्को विवाद भएको थियो ।

पार्टी सचिवालयले र्गौतमलाई सिफारिश गर्ने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले पार्टीको निर्णय नमान्ने भन्दै खतिवडाको पक्षमा निर्णय गर्ने अडान राखेका थिए । प्रधानमन्त्री ओली बुधवार मिर्गौला प्रत्यारोपण गर्ने गरी सोमवार अस्पताल भर्ना हुँदैछन् । यसबीचमा छलफल भएपछि तत्काल गौतमलाई र पछि खतिवडालाई राष्ट्रियसभामा लैजाने गरी मन्त्रिपरिषद्ले निर्णय गर्ने अपेक्षा गरिएको थियो तर एक मन्त्रीले भने, ‘मन्त्रिपरिषद्मा यस विषयमा छलफल नै भएन, एजेन्डा नै नबनेकाले मन्त्रीहरूले बोल्ने कुरा भएन ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस