दिपू बर्णवाल
मंसिर ५, वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र न १ का सांसद प्रदिप यादवले आज दोस्रो दिन छठ ब्रतालुहरुलाई साडी वितरण गरेका छन् । हिजो देखि सुरु भएको छठ पर्वको अवसरमा सांसद यादवले आफ्नो संसदीय निर्वाचन क्षेत्र न।१ बिरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा आज आयोजना गरिएको कार्यक्रममा छठ ब्रतालुहरुलाई साडी वितरण गरेका हुन् । हरेक वर्ष झै यस वर्ष पनि गरिब असहाय छठ व्रतालुहरु लाई साड़ी वितरण गरिएको सांसद यादवले बताए।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका सांसद यादवले छठ पर्वले देशमा शान्ति एवम समृद्धिको बाटोमा अग्रसर होस भन्ने कामना गरेका थिए । छठ पर्व गर्नाले रोग नास हुने विश्वास रहिआएको सुनिदै आएको मा यस वर्षको छठ पर्वले माता छठिले कोरोना भाईरस जस्तो वैश्विक महामारी को अन्तय गर्नु हुनेछ त्यसको लागी प्राथना समेत गरेको बताए ।
सांसद यादवले आवस्यकता अनुसार साडी बितरण भएको भन्दै ब्रतालुहरुलाई सुधता र आस्था का साथसाथ यस महामारीको बेला सतर्कता अपनाई सकभर भौतिक दुरी कायम राखी पूर्ण रुपले मस्क प्रयोग गरि सुरक्षित रुपले पर्व मनाउन अनुरोध गर्नु भएको थियो । बिरगंज महानगरपालिका को वार्ड न।५,८,११,१३,१५,१६,१८,२१,२२ लगायतको विभिन्न ठाउमा आयोजित सो कार्यक्रममा जनता समाजवादी पार्टीका नेता सुन्दर कुर्मी, जिल्ला सदस्य लालदेव यादव,वार्ड न।१६ का अध्यक्ष श्यामबाबु चौरसिया, युवा नेता राजुदीन बाबु , शेख मुस्तुफा,प्रसन साह,आनन्द गुप्ता लगायत को उपस्तिथी थियो भने १२०० साडी बितरण गरिएको स्वकीय सचिव निखिल बर्नावल ले बताए ।