कांग्रेसमा क्रियाशील सदस्यताको किचलो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर ८, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर ८, काठमाण्डौ । मंसिरभित्र क्रियाशीलको विवरण मागेको कांग्रेसले तीन जिल्लालाई अझै फारम नै पठाएको छैन । पहिलोपटक तोकेको महाधिवेशनको कार्यतालिकाअनुसार प्रक्रिया अघि बढाएको भए यसवेला कांग्रेसका वडादेखि जिल्ला तहसम्मका अधिवेशन भइसकेका हुन्थे । तर, महाधिवेशनको कार्यतालिका पाँचपटकसम्म फेरबदल हुँदासमेत कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरण पनि सकेको छैन । कांग्रेसको गुटगत विवादको गाँठो मंसिरभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण पूरा गर्ने सर्तमा फुकेको छ । तर, त्यस अवधिमा समेत यी काम पूरा भइसक्ने छाँटकाँट छैन । समायोजन नटुंगिएका कारण सप्तरी, बारा र सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले अहिलेसम्म क्रियाशील सदस्यता र नवीकरणको फारमसमेत पाएका छैनन् ।

१४औँ महाधिवेशनको मिति नजिकिएपछि नेताहरू अन्य विवाद छाडेर क्रियाशील सदस्यता वितरण र नवीकरणमा केन्द्रित छन् । क्रियाशील सदस्य नै कांग्रेसका तल्लो तहका मतदाता हुन् । त्यसैले कांग्रेसमा सबैभन्दा बढी विवाद पनि क्रियाशील सदस्यतामै हुने गरेको छ । यसलाई १३औँ महाधिवेशनका वेला थपिएका करिब ५० हजार सदस्यको अहिलेसम्म टुंगो नलाग्नुले पनि थप पुष्टि गर्छ ।

पूर्वघोषित कार्यतालिकाअनुसार ६ पुसबाट तल्ला तहको अधिवेशन सुरु हुन्छ । पूर्वतयारी पूरा नभएकाले फागुनमै महाधिवेशन गर्न नसकिने निश्चित भएको नेताहरू बताउँछन् । तर, रामचन्द्र पौडेल पक्षको असहमतिका कारण महाधिवेशनको अन्य कार्यतालिका परिवर्तन नगरी पहिले क्रियाशील सदस्यता वितरण र नवीकरणको प्रक्रिया अघि बढेको छ । नयाँ पत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस