प्रचण्ड-नेपाल समूहको आक्रामक ‘काउन्टर’ रणनीति कस्तो छ ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर ९, मंगलबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठकमा व्यक्त गरेको मन्तव्यलाई जस्ताको तस्तै सार्वजनिक गरेर चुनौती दिएको विश्लेषणसहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशव्यापी रूपमा आक्रामक रूपले प्रस्तुत हुने गरी ‘काउन्टर’ रणनीति बनाएको छ ।

ओली समूहलाई ‘काउन्टर’ दिन प्रचण्ड–नेपाल समूहले बैठक बोलाउन ओलीलाई लेखिएको पत्र, त्यसको जवाफमा ओलीले लेखेको पत्र, त्यसको जवाफमा प्रचण्डले लेखेको पत्र र प्रचण्डको प्रस्तावलाई तल्लो तहसम्म छलफलमा पठाउने योजना बनाएको छ । अध्यक्ष प्रचण्डले ३ मंसिरमा पेस गरेको राजनीतिक प्रतिवेदन बुकलेटका रूपमा प्रकाशन गरेर केही प्रति सातवटै प्रदेशमा पठाएको छ ।

तर, सोमबार प्रदेश तहमा पठाउन तयार पारिएका बुकलेटमा प्रचण्डको राजनीतिक प्रतिवेदन समावेश गरिएकोमा वरिष्ठ नेता नेपालले आपत्ति जनाएका कारण त्यसलाई सच्याएर मंगलबारसम्म सबै प्रदेशमा पठाइने स्थायी कमिटीका एक नेताले जानकारी दिए ।

प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीचको परामर्शमै बुकलेट तयार पारिए पनि प्रचण्डको प्रतिवेदन मात्र छापिएपछि नेपालले आपत्ति जनाएका थिए । स्रोतका अनुसार प्रचण्डको प्रतिवेदनलाई मात्र त्यसरी तलसम्म पठाउँदा पार्टी एकतामा आँच पुग्न सक्ने भन्दै नेपालले आपत्ति जनाएका थिए ।

उनको आपत्तिपछि २२ कात्तिकमा प्रचण्डसहित सचिवालयका पाँच शीर्ष नेताले बैठक माग गर्दै बुझाइएको अनुरोधपत्र र २८ कात्तिकमा ओलीले सबै नेतालाई बोदार्थ राखेर दिएको प्रत्युत्तरपत्रसमेत समेटेर पुनः बुकलेट प्रकाशन गरिएको हो । अघिल्लो प्रकाशन स्थगित गरेर संशोधनसहित प्रकाशित बुकलेटलाई मंगलबार साँझसम्म प्रदेशहरूमा पठाउने प्रचण्ड–नेपाल समूहको तयारी छ ।

‘उहाँ ९माधव नेपाल०ले बैठक माग गरेर पत्र बुझाएपछि केपी ओलीले बैठकमै आफ्ना कुरा राख्नुको सट्टा नेताहरूलाई आरोपित र गालीगलौज गरेर प्रत्युत्तरपत्र लेखेका कारण मात्र बेग्लै राजनीतिक प्रस्ताव र प्रतिजवाफपत्र तयार गर्नुपरेको पुष्टि गर्नका लागि पनि ती सबै समावेश गरेर मात्र बुकलेट प्रकाशन गर्नुपर्ने अडान राख्नुभयो,’ नेपाललाई उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘नत्र भोलि जवाफ दिन गाह्रो हुन्छ, प्रतिवेदन लेखनका लागि फायर ओलीले नै खोलेको हो भन्ने पुष्टि हुँदैन भनेपछि अन्तर्संघर्षलाई व्यवस्थित बनाउन बुकलेट सच्याएर पठाइएको छ ।’

प्रधानमन्त्री ओली समूहले पछिल्ला दिनमा मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्पोर्टस् एकेडेमीमार्फत देशभर सक्रिय रूपले गुटगत गतिविधि गरेको र पार्टी निर्णयविनै जबजमा छलफल सुरु गरेको निष्कर्षसहित त्यसलाई आक्रमक रूपले प्रतिवाद गर्ने प्रचण्ड–नेपाल समूहको तयारी छ । त्यसक्रममा प्रचण्ड–नेपाल समूहले सबै प्रदेशमा आन्तरिक भेला र छलफल गर्ने तयारीलाई आक्रामक ढंगले तयारी गरिरहेको छ । नयाँ पत्रिका दैनिकबाट

ताजा अपडेट

खोजी गर्नुहोस