विवेकशील नेपाली फुट्यो !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर १८, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाण्डौ । साझा पार्टीबीचको एकताप्रति असन्तुष्टि जनाउँदै विवेकशील नेपाली दलको एउटा समूहले आफूलाई पार्टीबाट अलग्याएको छ । विवेकशीलका उपाध्यक्ष अजीता राई, सचिव संगीता बटाजुसहित १३ जनाले वैकल्पिक राजनीतिको नयाँ एजेन्डासहित अगाडि बढ्ने जनाउँदै अहिलेको प्रकृयाबाट आफूलाई अलग राखेका हुन् ।

पार्टीको संघीय समिति सदस्यहरु कर्मा लामा तामाङ, छिरिंग तामाङ, विजय बाबु शिवाकोटी, जेसन बैद्य, शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की र आलोक सुवेदीले संयुक्त वक्तव्य जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस