पार्टी फुटको संघारमा पुगेपछि वामदेवले शुरु गरे विद्यार्थी नेताहरुसँग छलफल !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर १९, शुक्रबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर १९, काठमाण्डौ । नेकपाका उपाध्यक्ष तथा नेता वामदेव गौतमले युवा विद्यार्थी नेताहरुसँग पार्टीलाई फुटबाट जोगाउन छलफल शुरु गरेका छन् । गौतम निवास भैसेपाटीमा मंसिर १८ गते नेता गौतमले युवा विद्यार्थीहरुसँग छलफल गरेका हुन् । गौतम निवासमा प्रचण्ड निकाट विद्यार्थी नेताहरु अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङ, तिलकराज भण्डारी, पञ्चासिंह, विजय पौडेल र दिपेश पुन सहभागी थिए ।

उपाध्यक्ष गौतम निकट मानिने विद्यार्थी नेताहरु माधव पन्त, सुदिप शार्मा, दिपक बुढाथोकी,कमल ढुंगाना, गोविन्द श्रष्ठ, डा. निश्चल गुप्ता, नरेश न्यौपाने, समित थापा, दिनेश लो, सुमन आचार्य, सन्जिव देवकोटा, केदार बुढाथोकी सहभागी थिए । त्यसैगरी माधव नेपाल निकटका मानिने विद्यार्थी नेताहरु सुदेश पराजुली र ओसि अलाम सहभागी थिए ।

पर्टीलाई फुटबाट जोगाउन दबाब दिन भोली एक बजे थापाथली क्याम्पसमा प्रचण्ड, माधव नेपाल र बामदेव गौतम निकट अनेरास्ववियुका सचिवालय सदस्यहरुको छलफल रहेको विद्यर्थी नेता दिपक बुढाथोकीले जनाएका छन् । पर्टी फुटको संघारमै पुगेका बेला नेता गौतमको सक्रियतामा भएको युवा विद्यार्थीहरुको यो दावावमूलक छलफललाई महत्वका साथ लिएएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस