दिपू बर्णवाल
मंसिर १९, बीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले वीरगंज महानगरको राधेमाईमा साढे ३ सय मिटर को ढलान सडकको शुक्रबार शिलन्यास गरेका छन् । राधेमाइ वडा नंम्बर १३ आत्मज्ञान प्रचार संघको उतरी ढोका दक्षिण ढोका सम्म ढलान सडक निर्माण हुन लागेको हो ।
कच्चि सडकमा पानि पर्दा हिलो तथा अन्य मौषममा धुलोले आजित सो टोलवासीले अब ढलान सडक पाउँदा अहिले खुशी भएका छन् । प्रदेश सांसद करिबा बेगम को विशेष पहलमा भौतिक पुर्वाधार बिकाश मन्त्रालयको २५ लाखको बजेटमा निर्माण हुन लागेको ढलान सडकको सांसद यादवे सिलान्यास गरेका छन् ।कार्यक्रमका प्रमुख अतिथि संसाद यादवले भौतिक बिकाशमा पिछिडिएको प्रदेश २ पछिल्लो दिनमा आएर सडक तथा बिकाशको काममा फड्को मारेको बताए । उनले महानगरमा सडक तथा नालाको समस्याले नगरवासीलाइ निक्कै नै कठिनाइको सामना गर्नुपरेकोले अब चाडै नै यस्ता समस्याको समाधान हुने बताए ।
उनले यस प्रति वीरगंज महानगरपालीका तथा संबन्धित निकायले समय मै ध्यान दिएर बर्षायाम अगावै सडक तथा नालाको निर्माणको काममा बिशेष जोड दिन सबैमा अनुरोध गरे । कार्यक्रममा विशेष उपस्थिती रहेको प्रदेश सांसद जन्नत अंसारी तथा प्रदेश सांसद करिमा बेगमले सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै विकास निर्माणको कार्यमा सबै एकजुट हुनेपर्ने बताए ।