हेटौंडामा राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा मोटरसाइकल र्‍याली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर १९, शुक्रबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर १९, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडामा राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा मोटरसाइकल र्‍याली प्रर्दशन गरेको छ । पार्टी कार्यालयबाट निस्किएको र्‍यालीले राजतन्त्र पुर्नस्थापना गर, हिन्दु राष्ट्र कायम गर जस्ता नारा लगाएर बजार परिक्रम गरेको थियो ।

कोरोना संक्रमण जोखिमलाई ध्यान दिँदै सभा, सम्मेलन नगरी मोटरसाइकल र्‍याली निकालिएको राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले बताए । उनका अनुसार र्‍यालीमा करिब पाँचसय मोटरसाइकलमा नेता कार्यर्ता र शुभेच्छुक सहभागी थिए । हेटौंडा बजारको सीमा चोकमा पुगेको र्‍यालीलाई राप्रपाका केन्द्रीय मधु अधिकारी जिल्ला अध्यक्ष न्यौपानेलगायतले सम्बोधन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस