मंसिर २३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपतिले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।