मंसिर २४, काठमाण्डौ । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सरकारविरूद्ध देशैभर प्रदर्शन गर्ने बताएको कांग्रेसले उक्त प्रदर्शनबारे रणनीति तय गर्न बिहीबार बिहानका लागि पदाधिकारी बैठक बोलाएको हो । बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । भ्रष्टाचार बढेकोलगायत विषयमा कांग्रेसले मंसिर २९ गते सबै जिल्लामा प्रदर्शन गर्न लागेको छ ।