प्रचण्डको खुलासा : ‘नेपाललाई निमोठेर सिध्याउने र प्रचण्डलाई किचिक्क पार्छु भन्ने रणनीति थियो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १५, शनिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुण १५, काठमाण्डौ । शनिबार ललितपुरको जाउलाखेलमा नेकपा सम्बद्ध शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन एमाले र माओवादीबीचको एकतामा प्रधानमन्त्री ओलीले नेपाल पक्षलाई चार जिल्लामा सीमित गर्न खोजेको खुलासा गरेका छन् ।

केपी शर्मा ओलीले माधव नेपाललाई चार जिल्लामा सीमित गर्ने योजना रहेको बताएका हुन् । प्रचण्डलाई उपयोग गर्ने र चार जिल्लामा मात्रै नेपाल पक्षलाई अध्यक्ष र अन्य पदाधिकारी दिने र माधवलाई निमोठेर सिध्याउने र प्रचण्डलाई किचिक्क पार्छु भन्ने रणनीति ओलीको रहेको उनको भनाई थियो । उनले एक महिनापछि मात्रै आफूले ओलीको रणनीति बुझेको बताए ।

एकताका बेला प्रधानमन्त्री ओलीले आफूलाई एमाले पार्टी हाक्ने दोस्रो नेता नभएका कारण आफूसँग एकता गर्न खोजेको बताएका स्मरण गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस