फागुण १५, सप्तरी । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीनजना नेतालाई प्रहरीले शनिबार सप्तरीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी जिल्लाका जनसत्ता प्रमुख खडक नगरपालिका-३ बनरझुल्लाका आदर्श भनिने ५२ वर्षीय रामनाथ मण्डल, राजविराज नगरपालिका–४ का उदय भनिने उदयनाथ मण्डल र सप्तरीकै विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण मण्डल छन् ।