फागुण १५, काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको बताएका छन् । आज काठमाडौंमा आयोजित नेकपा प्रचण्ड -माधव समूह निकट शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले पनि वामदेव गौतमले ओलीलाई सुधार्ने कोसिस भईरहेका बताए ।
अध्यक्ष नेपालले अब केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पारे । बरु ओली प्रवृत्तिको विरूद्धको आन्दोलनमा सहभागी भएकाहरूबीच सहकार्य गरेर अगाडि बढ्ने बताए ।