नेकपा अध्यक्ष प्रचण्डद्धारा अवहेलना मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १६, आईतबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फागुण १६, काठमाण्डौ । राजनीतिक रुपमा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवहेलना मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । आइतबार अदालतको आदेशअनुसार आफैँ उपस्थित आफूले अदालतको अवहेना नगरेको जिकिर गरेका छन् । उनले आफ्ना विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले नै मुद्दा हाल्न लगाएको आरोप सर्वोच्चमा बुझाएको लिखित जवाफमा उल्लेख गरेका हुन् ।

उनले कार्यकारीको बद्नियका बारेमा जनतालाई जानकारी दिन अझिव्यक्ति दिँदा अदालतको अवहेलना हुन नसक्ने दाबी गरेका छन् । मुद्दासँग सरोकार राख्ने व्यत्ति भएकाले आफ्नो पक्षमा फैसला आउँछ भन्न पाउनु स्वभाविक भएको जवाफ दाहालले दिएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस