फागुण १७, काठमाडौ । पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईले हलो अड्काएर गोरू चुट्नु कुनै पौरख नहुने प्रस्ट पारेका छन् । उपचारका सिलसिलामा नयाँ दिल्लीमा रहेका उनले आईतबार ट्वीट गर्दै भनेका छन्– ‘बिगार्न जसले पनि सक्छ, सपार्ने पो नेता ।
आईतबार गृहजिल्ला झापा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदबाट प्रधानमन्त्री पदबाट हटाउन चुनौती दिएको सन्दर्भमा डा।भट्टराईले प्रत्युत्तर शैलीमा ट्वीट गरेका हुन् ।