प्रतिनिधिसभाको अधिवेशन फागुन २३ मा आह्वान गर्ने सरकारको निर्णय

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १७, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुण १७, काठमाडौ । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गतेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले जानकारी दिए । उनका अनुसार २३ गते अपराह्न ४ बजेका लागि बैठक बोलाउन सिफारिस गर्ने निर्णय भएको छ । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश गरेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस