अप्रत्यक्ष रुपमा ओलीद्धारा हार स्वीकार : ‘प्रतिपक्षमा बस्न तयार छौँ, डेढ वर्षमा दुईतिहाइ बहुमत आउँछ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १७, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुण १७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ‌ओली विधि र पद्धितमार्फत आफूलाई हटाए डेढ वर्ष प्रतिपक्षमा बसेर फेरि दुईतिहाइ बहुमतका साथ फर्केर आउने बताएका छन् । ुविधि छ, प्रक्रिया छ, अभ्यास छ, कानुन छ, संविधान छ, नियमावली छ ।

त्यसअन्तर्गत आउनुहोस् न । यदि उहाँहरू प्रचण्ड माधव अपराध नै गर्न सफल हुनुभयो भने पनि विधि, पद्धति र प्रक्रियाबाट आउनुहोस् । हामी मान्छौँ । मानेर केही बिग्रिँदैन । डेढ वर्षसम्म हामी प्रतिपक्षमा बसौँला । डेढ वर्ष प्रतिपक्षमा बसेर दुईतिहाइ बहुमतले फेरि हामी फर्केर जानेछौँ उनले भने । उनले आफूलाई कुनै छलछाम गर्नुपर्ने अवस्था नरहेको बताउँदै देशभक्तिको उद्देश्यले काम गरिरहेको बताए । यसका लागि जनताले साथ दिने उनले सुनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस