संवैधानिक रुपमै प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन : मन्त्री गुरुङ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १८, मंगलबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फागुण १८, काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक रुपमा राजीनामा दिन नमिल्ने बताएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका उनले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले नै संवैधानिक रुपमा राजीनामा दिन नमिल्ने उल्लेख गरेको बताए ।

सर्वोच्च अदालतको फैसलाको पृष्ठ नौमा भनिएको छ, “सार्वभौमसत्ता जनता समक्ष आफू जनताको प्रतिनिधित्व गर्दै सरकार बनाउने प्रतिबद्धताका साथ चुनावमा भाग लिई जनप्रतिनिधिको रुपमा चुनिएर जाँदा त्यस्ता जनप्रतिनिधिको दलले संसद्मा बहुमत प्राप्त गरेको अवस्थामा त्यस्तो बहुमत प्राप्त संसदीय दलको नेतासँग सरकार बनाउने र राज्य सञ्चालन गर्ने बाहेक अन्य कुनै संवैधानिक विकल्प नै रहदैन ।”

ताजा अपडेट

खोजी गर्नुहोस