फागुण १८, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी जसपाका अध्यक्ष डा बाबुराम भट्टराई आज फर्किने भएका छन् । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका उनी
स्वास्थ्य परीक्षण पूरा भएपछि आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन थालेको उनको सचिवालयले जनाएको छ ।
न्युरो(इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएका थिए ।बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका छन् ।