फागुण २०, काठमाण्डौ । सरकारले नेत्रविक्रम चन्दको पार्टीमाथि लगाइएको राजनीतिक प्रतिबन्ध आज हटाउने तयारी गरेको छ । सरकार र विप्लव पक्षबीच बुधबार दुईपटक सम्म भएको वार्तापछि सबै विषयमा टुंगो लगाउन बिहीबार पुनः बैठक बस्दैछ । यस्तै, बिहीबारदेखि नै विप्लवमाथि लगाइएको प्रतिबन्ध पनि हटाउने विषयमा सहमति भएको बताइएको छ ।
बुधबारको वार्ता सकारात्मक भएको र बिहीबारदेखि प्रतिबन्ध हटाउने तयारी भएको विप्लव समूह ९नेकपा० का एक केन्द्रीय सदस्यले जानकारी दिए । सरकारले २०७५ फागुन २८ गते सो पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाइएको हो ।