पूर्वप्रमुख निर्वाचन आयुक्तहरु भन्छन्-‘नेकपा विवादबारे छिटो निर्णय दिनुपर्छ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन २०, बिहिबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

फागुण २०, काठमाण्डौ । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानुन र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले आज संयुक्त विज्ञप्ति प्रकाशन गरी उक्त सुझाव दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नले हामीलाई गम्भीर बनाएको छ ।” नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद हालसम्म नटुङ्‍गिएको स्थितिमा उनीहरुको यो प्रतिक्रिया आएको हो ।

आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिन उनीहरुले अनुरोध गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस