‘प्रचण्ड–माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरूलाई एकताबद्ध गर्छाै’ : नेता गौतम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २०, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुन २०, काठमाण्डौ । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरिने बताएका छन् ।

आज कोभिड–१९ कोरोना भाइरस विरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने बताए । एकताको पक्षमा नहुने नेताहरूलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने उनको भनाइ थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस