सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गर्नुपर्छ : डा. भट्टराई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २०, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुण २०, काठमाण्डौ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमति स्वागतयोग्य भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै डा। भट्टराईले सहमतिको स्वागत गर्दै सरकारले सांसद रेशम चौधरीलगायत थारू विद्रोहका सबै राजबन्दीलाई रिहाइ गर्नुपर्ने माग गरेका छन् ।

सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ!यसरीनै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस्! संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है!नत्र जो होचो उसको मुखमा घोचो हुनेछ!

— Baburam Bhattarai (@brb1954) March 4, 2021

ताजा अपडेट

खोजी गर्नुहोस