चन्द्रागिरि नगर प्रमुख गिरी भन्छन्-‘विकास र समृद्धिमा अहोरात्र खटिएका छौँ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन २१, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुण २१, काठमाण्डौ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ मा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगलमा विशेष कार्यक्रममा नगर प्रमुख घनश्याम गिरीले शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरे । सो अवसरमा कार्यक्रमलाई संबोधन गर्दै नगर प्रमुख गिरीले चन्द्रागिरी नगरपालिका सबै नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रदान गर्न लागिपरेको बताउदै नगरको समग्र विकास र समृद्धिका लागि नगरपालिका अहोरात्र लागिपरेको बताए ।

शिक्षा, स्वास्थ्य, फोहरमैला व्यवस्थापन, वातावरण संरक्षण, शहरीकरण व्यवस्थापन, कृषिको आधुनिकीकरण लगायत नगरबासीहरुसंग प्रत्यक्ष सरोकार राख्ने योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको नगर प्रमुख घनश्याम गिरीको भनाई थियो ।
चन्द्रागिरि नगरपालिकाका नगर प्रवक्ता समेत रहनुभएका वडा नम्बर ११ का अध्यक्ष हरिभक्त महर्जनले वडावासीलाई छिटो, छरितो र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको बताउदै समग्र नगर र वडाको विकासका साथै शिक्षा, स्वास्थ्य, सरसफाई लगायतका क्षेत्रलाई प्राथमिकता दिएर वडा कार्यालयले कार्य गरिरहेको बताए ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले नगरपालिका समग्र नगरको विकास र समृद्धिमा लागिपरेको बताउदै नगरबासीलाई सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको नीति अनुसार सबै वडाहरुमा शहरी स्वास्थ्य केन्द्रहरु स्थापना गरिएको जानकारी दिएका थिए । केही स्थापना हुन बाँकी रहेका वडामा पनी चाडै शहरी स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको बताउदै नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई नगरबासीमैत्री बनाइएको बताएका थिए ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, वडा नम्बर ११ का जनप्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयम्सेविकाहरु, वडा कार्यालयका कर्मचारीहरु लगायत वडा नम्बर ११ का स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस