नेकपाले संसदीय दलको बैठक आह्वान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन २१, शुक्रबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुण २१, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले संसदीय दलको बैठक डाकेको छ । सरकारले फागुन २३ गतेका लागि संसद् बैठक आह्वान गरेको छ । नेकपामा चर्किएको आन्तरिक शक्ति र सत्ता सङ्घर्षपछि नेकपा दाहाल–नेपाल समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दलको नेता चयन गरिसकेको छ । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले दलका सम्पूर्ण सदस्यलाई बैठकको सूचना पठाइएको सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।

उनले फागुन २२ गते दिउँसो ३ बजेका लागि दलको बैठक राखिएको जानकारी दिइन् । बैठकका लागि पहिलेदेखि नै एसएमएसमार्फत जानकारी गराइने प्रचलन रहेकाले १७३ सांसदलाई एसएमएसमार्फत दलको बैठकसम्बन्धी सूचना पठाइएको गोरखापत्रमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस